रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

रसुवा | मंसिर ६, २०७९

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

रसुवा:   रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।


उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो । 


उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्